समाचारशुक्रबार, कार्तिक २४, २०६९
आज राजधानीमा कांग्रेसको आमसभा
डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकार नहटेसम्म राष्ट्रिय सहमति बन्न नसक्ने र राजनीतिक गतिरोध पनि जारी रहने भन्दै संस्थापक नेता गणेशमान सिंहको जन्मजयन्तीको अवसर पारी काङ्ग्रेसले सभा गर्न लागेको हो ।मध्यान्ह १२ बजे शान्तिबाटिकामा भेला भई र्याली शुरु हुने र शहरका विभिन्न भागको परिक्रमा गरी वसन्तपुरमा हुने सभामा सहभागी हुने कार्यक्रम छ ।
आजको सभालाई कांग्रेसको शक्ति प्रदर्शनको रूपमा लिइएको छ । सभालाई पार्टीका शीर्ष नेताहरूले संबोधन गर्दैछन् ।
आज राजधानीमा कांग्रेसको आमसभा
नेपाली काङ्ग्रेसले आज राजधानीमा वृहद् आमसभा गर्दै छ ।
वर्तमान सरकार हटाउन दबाव दिने उद्देश्यले आमसभाको आयोजना गरिएको काङ्ग्रेसले जनाएको छ ।
डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकार नहटेसम्म राष्ट्रिय सहमति बन्न नसक्ने र राजनीतिक गतिरोध पनि जारी रहने भन्दै संस्थापक नेता गणेशमान सिंहको जन्मजयन्तीको अवसर पारी काङ्ग्रेसले सभा गर्न लागेको हो ।
मध्यान्ह १२ बजे शान्तिबाटिकामा भेला भई ¥याली शुरु हुने र शहरका विभिन्न भागको परिक्रमा गरी वसन्तपुरमा हुने सभामा सहभागी हुने कार्यक्रम छ ।
आजको सभालाई कांग्रेसको शक्ति प्रदर्शनको रूपमा लिइएको छ । सभालाई पार्टीका शीर्ष नेताहरूले संबोधन गर्दैछन् ।
