समाचारमंगलबार, आषाढ १५, २०७२

जोखिमयुक्त बस्ती १५ दिनभित्र सार्न जिम्मेवारी

हिमालखबर

सरकारले भूकम्पप्रभावित जिल्लाका उच्च जोखिमयुक्त बस्तीलाई १५ दिनभित्र सुरक्षित स्थानमा स्थानान्तरण गर्न उपप्रधान मन्त्री तथा गृहमन्त्री वामदेव गौतम संयोजक रहेको समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा १५ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त समितिलाई भूकम्प प्रभावित १८ जिल्लाका ३० स्थानमा बस्ती स्थानान्तरणको काम गर्ने जिम्मेवारी तोकेको शहरी विकास मन्त्री नारायण खड्काले जानकारी दिए ।

भूगर्भविद् र निर्वाचित सभासद्को संयुक्त टोलीले स्थलगत भ्रमण गरी तयार पारेको प्रतिवेदनका आधारमा भूकम्प प्रभावित जिल्लाका जोखिमयुक्त बस्तीको पहिचान गरी स्थानान्तरण गर्न सुझाव दिएको थियो ।

सरकारले यसअघि वर्षायामलाई ध्यानमा राखी भूकम्पपीडित क्षेत्रका जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरण गर्न गृह, सङ्घीय मामिला तथा स्थानीय विकास र सहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>