समाचारमंगलबार, आषाढ १५, २०७२
व्यवस्थापिका–संसद्को बर्खे अधिवेशन सुरु
व्यवस्थापिका–संसद्को बर्खे अधिवेशन सुरु भएको छ ।
बैठकको सुरुमा सभामुख सुवास नेम्वाङले राष्ट्रपति डा रामवरण यादवले पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेर सुनाएका थिए ।
अन्तरिम संविधान २०६३ को धारा ५१ को उपधारा १ बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ ।
बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, आर्थिक वर्ष २०७२/७३ को बजेट पेस हुनेछ । व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि (१६ असारमा) बिहान ११:३० बजे बस्ने कार्यक्रम छ । रासस
