समाचारमंगलबार, आषाढ १५, २०७२

विवाद मिल्यो, संविधानसभा बैठक सुरु हुँदै

हिमालखबर

नयाँ संविधानको प्रारम्भिक मस्यौदामा सहमति जुटेपछि संविधानसभा बैठक सुरु हुँदैछ ।

बैठकमा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले एकीकृत मस्यौदा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाउँदैछन् । सभासद प्रकाश ज्वालाका अनुसार प्रारम्भिक मस्यौदामा उत्पन्न भएको प्राविधिक र साना विषयहरुमा सहमति भएपछि मस्यौदा तयार भएको हो ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक साँझ ६ बजेपछि मात्रै सुरु हुन लागेकाे हो । यसअघि, १४ असारमा मस्यौदा पेश गर्ने कार्यतालिकासहित बोलाइएको बैठक तीन पटक सार्दा पनि मस्यौदा पेश हुन सकेको थिएन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>