समाचारबुधबार, आषाढ १६, २०७२

नेउवा महासंघको अध्यक्षमा मुरारका निर्विरोध

हिमालखबर

पशुपति मुरारका

पशुपति मुरारका

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका प्रत्यासी भवानी राणा र भाष्कर राजकर्णिकारले उम्मेदवारी फिर्ता लिएपछि पशुपति मुरारका अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुने भएका छन् ।

राणाले १६ असारमा पत्रकार सम्मेलन गरी संस्थागत हितका लागि मुरारकालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बताइन् ।

उनले उम्मेदवारी फिर्ता लिनुअघि सबै उद्योगीको सल्लाह गरेको र महासंघको एकताको लागि फिर्ता लिएको बताइन् ।

यसअघि १५ असारमा अध्यक्षका अर्का प्रत्यासी भाष्करराज राजकर्णिकारले मुरारकालाई नै सहयोग गर्ने बताउँदै उम्मेदवारी फिर्ता लिएका थिए ।

भवानी राणाले पनि उम्मेदवारी फिर्ता लिएपछि मुरारका महासंघको अध्यक्ष निर्विरोध भएका हुन् । यद्यपी निर्वाचन समितिले उनलाई अध्यक्षमा निर्वाचित भएको घोषणा गरिसकेको छैन ।

तत्कालीन अध्यक्ष प्रदीपजंग पाण्डे भ्रष्टाचार मुद्दामा जेल परेपछि रिक्त अध्यक्ष पदमा १८ असारमा निर्वाचन हुने कार्यतालिका छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>