समाचारबुधबार, आषाढ १६, २०७२
अखिलले कृषिमन्त्री पराजुलीको पुत्ला जलायाे
महिलामाथि अभद्र व्यवहार गरेको आरोप लागेका कृषिमन्त्री हरिप्रसाद पराजुलीकाे एमालेकै भ्रातृ संगठन अनेरास्ववियुले पुत्ला जलाएकाे छ ।
१५ असारमा धान दिवसको अवसर पारेर मुलपानीमा आयोजित कार्यक्रममा मन्त्री पराजुलीले स्थानीय महिलामाथि गरेको अभद्र र अमर्यादित व्यवहार गरेकाले पुत्ला दहन गरिएको अनेरास्ववियुका सचिव राधिका खतिवडाले बताइन् । अनेरास्ववियुले काठमाडौंका सरस्वती क्याम्पसमा १६ असार साँझ कृषि मन्त्रीको पुत्ला जलाएकाे हाे ।
एमालेकै नेताहरुले मन्त्री पराजुलीको राजीनामा मागेका छन् । महिलामाथि अभद्र व्यवहार भएको भन्दै सामाजिक सञ्जालदेखि संसदमा समेत मन्त्री पराजुलीको विरोध भएको छ ।
सवैतिर विरोध भएपछि मन्त्री पराजुलीले गृहमन्त्री बामदेव गौतम र पार्टी अध्यक्ष केपी ओलीलाई भेटेर आफुले गल्ती नगरेको बताएका छन् ।
*सच्याइएको
