समाचारबुधबार, आषाढ १६, २०७२

मन्त्री पराजुलीलाई कारबाही गर्न एमालेमा दबाब

हिमालखबर

कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई सरकारबाट फिर्ता बोलाउन नेकपा एमालेभित्रै दबाब बढेको छ ।

मन्त्री पराजुलीले १५ असारमा मूलपानीमा आयोजित धान रोपाइँका क्रममा स्थानीय महिलामाथि दुव्र्यवहार गरेको समाचार सञ्चार माध्यममा आएपछि उनलाई पदबाट बर्खास्तीको माग उठेको हो ।

पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मन्त्री पदमा रहेर पार्टीको शिर गिराउने काम गरेकाले तत्काल कारबाहीका लागि नेतृत्वलाई ध्यानाकर्षण गरिएको बताइन् । १६ असारमा व्यवस्थापिका–संसद्मा अन्य पार्टीका सभासद्ले पनि मन्त्री पराजुलीको आलोचना गरेका थिए ।

एमालेका पदाधिकारीले पनि नेतृत्वलाई तत्काल निर्णय लिन सुझाएका छन् भने सभासद्ले अध्यक्ष केपी ओलीलाई प्रमुख सचेतक अग्निप्रसाद खरेलमार्फत् ध्यानाकर्षण गराएका छन् ।
उपाध्यक्ष शाक्यले भनिन्, “मन्त्रीले नै त्यस्तो गरेपछि पार्टीभित्रका र आम महिला कसरी सुरक्षित हुने भन्ने प्रश्न उठेको छ, के पार्टीमा अन्य छवि भएका र योग्य व्यक्ति छैनन् र ?”

एमालेभित्र युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आफुखुशी नियुक्ति गरेको भनी फिर्ता गराउने या नगराउने भन्नेमा विवाद जारी छ । यी विषयमा आगामी स्थायी कमिटीको बैठकमा छलफल हुने बुझिएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>