समाचारबिहीबार, आषाढ १७, २०७२
मन्त्री पराजुलीको राजीनामा स्वीकृत
प्रधानमन्त्री सुशील कोइरालाले कृषि मन्त्री हरिप्रसाद पराजुलीले दिनुभएको राजीनामा स्वीकृत गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले मन्त्री पराजुलीको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले जानकारी दिए ।
धान दिवसको अवसरमा यही १५ असारमा काठमाडौँको मूलपानीमा आयोजित रोपाइँमा उनले स्थानीय महिलालाई दुर्व्यवहार गरेका तस्बिरसहितका समाचार सार्वजनिक भएपछि उहाँलाई पदबाट राजीनामा गर्न नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले निर्देशन दिएका थिए ।
रासस
