समाचारबिहीबार, आषाढ १७, २०७२
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला सुरु
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा सुरु भएको छ ।
समसामयिक राजनीतिक घटनाक्रम संविधान निर्माण, पार्टी सभापतिहरुको भूमिकालगायतका विषयमा छलफल गर्न पार्टी सभापतिहरुबीचको भेला बोलाइएको हो ।
भेलामा हालै गएको भूकम्पले प्रभाव पारेका जिल्लाहरुमा भइरहेको राहत वितरण तथा सहयोगका कार्यक्रम सम्बन्धमा पनि छलफल हुने जनाइएको छ ।
नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जिल्ला सभापतिहरुलाई जिम्मेवारी पार्टीले दिनुपर्ने र राष्ट्रिय भेलालगायतका विषयमा छलफल गरिने जानकारी दिए ।
