समाचारबिहीबार, आषाढ १७, २०७२

भोलिबाट संविधानकाे मस्यौदामाथि छलफल हुने

हिमालखबर

caमस्यौदा समितिले तयार पारेको नयाँ संविधानको प्रारम्भिक मस्यौदामाथि १८ असार दिउँसोबाट छलफल सुरु हुने भएको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको नेतृत्वमा रहेको कार्य व्यवस्था परामर्स समितिको बैठकले भोलि दिउँसो १ बजेबाट मस्यौदामाथि छलफल थाल्ने निर्णय गरेको हो ।

१५ असार राति मस्यौदा समितिले संविधानसभामा बुझाएको प्रारम्भिक मस्यौदामाथि अध्ययनका लागि सभासदहरुलाई भोलि विहानसम्मको समय दिने निर्णय भएको छ । संविधानसभा नियमावली अनुसार एक हप्ताको समय दिनुपर्ने भएपनि बैठकमा सहभागी बहुमत सदस्यले छोटो बाटो अवलम्बन गरेर दुई दिनमात्रै समय दिनुपर्ने तर्क राखेपछि सभाध्यक्ष नेम्वाङले यस्तो निर्णय सुनाएका हुन् ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीका अनुसार कतिपय साना दलहरुको असहमति हुँदाहुँदै पनि बहुमतबाट कार्यतालिका छोट्याउने निर्णय भएको बताए । उनका अनुसार सभाध्यक्ष नेम्वाङले मस्यौदामाथि बोल्नका लागि प्रत्येक सभासदलाई तीन मिनेटको समय दिनेछन् ।

परामर्स समितिमा भएको यो निर्णय अव बस्ने संविधानसभा बैठकबाट पारित गराइनेछ । सभाध्यक्ष नेम्वाङलाई उदृत गर्दै गिरिले भने, ‘तीन मिनेटका दरले सवै सभासदले धारणा राख्न चाहेमा ३० घण्टा लाग्छ, यो समयमा पनि सभासदले अध्ययनको मौका पाउँछन् ।’

राप्रपा नेपाल, मधेश केन्द्रीत दल र अन्य साना दलहरुले नियमावली विपरीत प्रक्रिया छोट्याएकोमा असन्तुष्टि जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>