समाचारशुक्रबार, आषाढ १८, २०७२

एमाओवादी नेतृत्वको सभासदहरुद्वारा आलोचना

हिमालखबर

एमाओवादीको संसदीय दलको बैठकमा सभासद्हरुले पार्टी नेतृत्वको आलोचना गरेका छन् ।

संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको बैठकमा सभासद्हरुले विगतको सहमति र सम्झौता विपरीत सत्तारुढ दलसँग सहमति गरेको भन्दै नेतृत्वको आलोचना गरेका हुन् ।

संविधान लेखन प्रक्रिया विगतको सहमति, सम्झौता तथा शान्ति सम्झौताको प्रमुख अङ्ग भएकाले सोही अनुसार अगाडि बढ्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै उनीहरुले नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

यस्तै, प्रमुख दलबीच भएको १६ बुँदे सहमतिको समेत बैठकमा आलोचना भएको थियो ।

बैठकमा संविधान लेखन प्रक्रिया, आगामी कार्यक्रम तथा सरकारले केही दिनपछि व्यवस्थापिका–संसद्मा पेस गर्ने आर्थिक वर्ष २०७२÷७३ को बजेटको विषयमा छलफल भएको एमाओवादीका सभासद् दलजीत विके श्रीपालीले बताए ।

बैठकमा संसदीय दलका नेता एवम् एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् संविधानसभा व्यवस्थापिका विभागका प्रमुख नारायणकाजी श्रेष्ठ, दलका उपनेता टोपबहादुर रायमाझी र प्रमुख सचेतक गिरिराजमणि पोखरेलले संविधान लेखन प्रक्रियाबारे जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>