समाचारशनिबार, आषाढ १९, २०७२

पारस खड्काको अर्धसतकसँगै ३ विकेटले नेपाल विजयी

हिमालखबर

आठौं नम्बरका ब्याट्सम्यान सोमपाल कामी क्रिजमा आउँदा नेपाललाई जीतका लागि १० रन आवश्यक थियो । अर्धसतक बनाएका क्याप्टेन पारस खड्का क्याच आउट भएपछि क्रिजमा आएका सोमपालले पहिलो बलमै चौका प्रहार गरे ।

सोमपालको चौकापछि नेपाललाई ६ रनले विजयी बनाउँथ्यो, तर अन्तिम ओभरको पहिलो बलमै प्रदिप ऐरी पनि बोल्ड आउट भए । यसपछि नवौं नम्बरका ब्याट्सम्यान बसन्त रेग्मीसँग सोमपालको साझेदारी सुरु भयो ।

क्रिजमा रहेका बसन्तको पहिलो बलमा २ रन आयो, अर्काे लेगबल पनि प्राप्त भयो । यसपछि जीतका लागि आवश्यक ३ रनका लागि नेपालसँग तीन बल नै थियो । क्रिजमा रहेका सोमपाल र बसन्त दुवै नेपालका बलर भएकाले यसै भन्ने अवस्था थिएन ।

तर, १४० रनको लक्ष्य दिएको नेदरल्याण्डको अन्तिम तेस्रो बललाई पनि सोमपालले चौकामै परिणत गरिदिए । जसले नेपाललाई विजयी बनायो, नेदल्याण्ड नेपालसँग ३ विकेटले पराजित भयो ।

ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल यसअघि लगातार तीन पटक नेदरल्याण्डसँग पराजित भएको थियो । आज पनि टस जितेर पहिलेजस्तै नेदरल्याण्डले ब्याटिङ रोज्यो ।

नेपालका सागर पुनले ३, बसन्त रेग्मीले २, सोमपाल कामीले १ विकेट र एक जना रन आउट हुँदा नेदरल्याण्डले पुरै ओभर खेल्दै १३९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएका नेपालका ब्याट्सम्यानहरुले २ बल बाँकी रहँदै १४१ रन बनाएर लक्ष्य भेटाएका थिए । नेपालका लागि सागर पुन ४, अनिल मण्डल ९, ज्ञानेन्द्र मल्ल १८, पारस खड्का ५४, विनोद भण्डारी १३, शरद भेषवाकर १२, प्रदिप ऐरी ६, सोमपाल कामी ८ र बसन्त रेग्मीले २ रन ल्याए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>