समाचारशनिबार, आषाढ १९, २०७२

संविधानसभा बैठक शुरु, आज पनि नाराबाजी

हिमालखबर

राप्रपा नेपालका सभासद्हरुको नाराबाजी बीच संविधानसभाको बैठक शुरु भएको छ ।

बैठकमा ‘नेपालको संविधान, २०७२’ प्रारम्भिक मस्यौदालाई ‘सैद्धान्तिक सहमति दिई जनताको प्रतिक्रियाको निमित्त नेपाल राजपत्रमा प्रकाशित गरियोस्’ भन्ने प्रस्तावमा छलफल भइरहेको छ ।

बैठकको प्रारम्भमै राप्रपाका सभासद्हरुले रोष्ट्रम घेराउ गरेका थिए । अहिले पनि नाराबाजी र घेराउ जारी नै छ । हो-हल्लाका बीच छलफल जारी छ ।

धर्म परिवर्तनको अधिकार संविधानको मस्यौदाबाट हटाउनु पर्ने, स्थानीय निकायको निर्वाचनको मिति तोक्नु पर्ने, हिन्दू राष्ट्रका लागि जनमतसङ्ग्रहमा जानुपर्ने, नियम मिचेर छोटो प्रक्रियाबाट संविधानको मस्यौदामा छलफल चलानउ नहुने लगायतका माग गर्दै राप्रपाका सभासद्ले १८ वैशाखको बैठकमा पनि पाँच घन्टा नाराबाजी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>