समाचारशुक्रबार, कार्तिक २४, २०६९
बजेट नयाँ सरकारले ल्याउँछः नेता नेपाल
२४ कार्तिकमा प्रेस चौतारी नुवाकोटले सदरमुकाम विदुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले अहिलेको सरकारले ल्याउने तयारी गरेको बजेट अध्यादेश राष्ट्रपतिले कुनै हालतमा पनि स्वीकृत गर्न नहुने बताए ।
उनले एकीकृत माओवादीले बजेट अध्यादेश स्वीकृत गराउन राष्ट्रपतिलाई धम्क्याएको भन्दै त्यस्तो धम्कीबाट राष्ट्रपति विचलित नहुने पनि बताए ।
“एमाओवादीले पार्टी प्रवक्ता र मन्त्रीहरुलाई जथाभावी बोल्न लगाएर राष्ट्रपतिको अपमान गरेको छ,” नेता नेपालले भने, “माओवादीका नेता र मन्त्रीहरु पदीय मर्यादाभन्दा बाहिर गएका छन् ।”
अहिले सरकारले ल्याउने तयारी गरेको बजेट अध्यादेश स्वीकृत भए लोकतन्त्र नै समाप्त हुने पनि नेता नेपालले बताएका थिए ।
