समाचारशनिबार, आषाढ १९, २०७२
राप्रपा नेपालले संविधानसभामा अवरोध स्थगित गर्यो
राप्रपा नेपालका सभासद्हरुले संविधानसभा बैठकमा लगातार दोस्रो दिन पनि नाराबाजी गरेर संविधानसभाको बैठक अवरुद्ध गर्ने प्रयास गरे ।
होहल्लाका बीच पनि मस्यौदालाई संवैधानिक सहमति दिई जनताको प्रतिक्रियाका निमित्त नेपाल राजपत्रमा प्रकाशन गरियोस् भन्ने प्रस्तावमाथि छलफल जारी रह्यो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका सभासद्हरु बेलअगाडि बसेर हिन्दु राज्यको पक्षमा नारा लगाएका थिए।
तर, बीचमा सभाध्यक्ष सुवास नेम्वाङले मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले थापाका प्रश्नहरुको जवाफ दिने र त्यसपछि थापालाई पनि बोल्ने समय दिने बताएपछि थापा आफ्ना सभासद्हरुलाई लिएर कुर्सीमा बसे ।
सिटौलाको जवाफपछि बोल्दै थापाले अहिलेलाई संविधानसभामा अवरोध नगर्ने बताएका छन् । भने संविधानसभामा बिना अवरोध छलफल भइरहेको छ ।
