समाचारआइतबार, आषाढ २०, २०७२
दाहाल पाँच दिनका लागि भारत जाँदै, प्रधानमन्त्री माेदीसँग भेटघाट हुने
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल २९ असारमा पाँच दिनका लागि भारत जाने भएका छन् ।
एमाओवादीका केन्द्रीय सदस्य तथा दाहालका स्वकीय सचिव चुडामणि खड्काका अनुसार भारत सरकारको निमन्त्रणामा दाहाल भारत जान लागेका हुन् । दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खड्काले बताए ।
खड्काले भने, “प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम तय भइसकेको छ, अव दुईदिनभित्र पूरै भेटघाटको तालिका बन्छ ।” दाहालको भारत भ्रमण दुई बर्षपछि हुन लागेको हो ।
१६ बुँदे राजनीतिक सहमतिपछि संविधान निर्माण प्रक्रियाको महत्वपूर्ण समयमा दाहालको भारत भ्रमण हुन लागेको छ । दाहालले चैतमा चीन भ्रमण गरेका थिए ।
