समाचारशुक्रबार, कार्तिक २४, २०६९

सर्वसत्तावाद लाद्ने कल्पना नगरे हुन्छः कोइराला

हिमालखबर

२४ कार्तिकमा काठमाडौंको वसन्तपुरमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति कोइरालाले भने, “ यही वर्षमा चुनाव गर्नुपर्छ, सर्वसत्तावाद लादने कल्पना नै नगरे हुन्छ त्यसको कुनै संभावना छैन ।” उनले एमाओदीलाई आग्रह गरे, “तपाईंहरुले मात्रै गरेका प्रस्तवनामा सहमति गर्न सकिंदैन, त्यो कल्पना नगर्नुहोला ।”

एमाओवादीले मुलुकका लागि ठूलो खाड्ल खनेको भन्दै उनले बाबुराम भट्टराई सर्वसत्तावादको मानसिकताले ग्रसीत भएको आरोप लगाए । उनले थपे, “त्यो (सर्वसत्तावादको मानसिकता) त्याग्नुस ।”

कोइरालाले एमाओवादीले जबरजस्ती गरे राणा र राजा जस्तै हालत बनाइदिने पनि चेतावनी दिंदै भने, “सहमतिमा नआए एमाओवादी पत्तासाफको बाटोमा जाने निश्चित रहेको छ ।”

कांग्रेस नेता शेरवहादुर देउवाले एमाओवादीले एक दलीय अधिनायकवादी शासन गर्न खोजेको भन्दै वर्तमान सरकारले मुलुकको ढुकुटी लुटिरहेको आरोप लगाए । उनले भने, “यो सरकारलाई चाँडो हटाउन नसके देशको टाट पल्टिन्छ ।”

सरकार विस्थापनका लागि आन्दोलन भन्दा अर्काे विकल्प नभएको देउवाको भनाई थियो ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाओवादीले शान्ति भन्दा हिंसा र लोकतन्त्र भन्दा सर्वसत्तावादमा विश्वास गरेकाले आज देशको अवस्था संकटग्रस्त भएको बताए ।

उनले भने, “एमाओवादी र मधेशी मोर्चा मिलेर मुलुकमा अधिनायकवाद लादन अग्रसर भएका छन् ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>