समाचारशुक्रबार, कार्तिक २४, २०६९
दाहाल र भट्टराईले माफी माग्नु पर्छः एमाले नेता पोखरेल
२४ कात्तिकमा सप्तरी सदरमुकाम राजविराजमा आयोजित पार्टी कार्यक्रममा पाखरेलले भने, “सहमति गराउन सकेनौं भन्दै राष्ट्रपति समक्ष गएर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईलाई माफी माग्ने समय आइसक्यो ।”
माफी मागेपछि सहमतिका लागि अन्य बाटो खुल्ने बताउँदै पोखरेलले बर्तमान एमाओवादी नेतृत्वको सरकार राष्ट्रघाती भएको आरोप समेत लगाए । “माओवादी र मधेशी पार्टीहरुको एक चौथाई मिलेर बनेको यो सरकार राष्ट्रघाती हो” उनले आरोप लगाए, ‘‘यो सरकारले मुलुकमा समस्या थुपार्नुका साथै भ्रष्टाचारलाई बढावा दिने र राष्ट्रको ढुकुटी सिध्याउनेबाहेक केही पनि गर्न सकेको छैन ।’’
मुस्ताङ् गाडी चढ्दैमा र दलितको घरमा खाना खाँदैमा मुलुकको समस्या समाधान हुन नसक्ने भन्दै पोखरेलले माओवादीकै कारण संबिधान बन्न नसकेको बताएका थिए ।

