समाचारशनिबार, आषाढ २६, २०७२
नेपाल र नामिबियाले अंक बाँडे, नेपाल शीर्षस्थानमा
आईसिसि टी–२० विश्वकप छनोट चरणको आफ्नो दोस्रो खेलमा नेपालले नामिबियाँसँग अंक बाँडेको छ । आयरल्यान्डको बालफेस्ट स्थित सिभिल सर्भिस क्रिकेट क्लब मैदानमा २६ असारमा वर्षाका कारण खेल अवरुद्ध भएपछि दुबै टीमले एक/एक अंक लिएका हुन ।
जितसँगै नेपालको दुई खेलबाट ३ अंक भएको छ । नेपाल समूह ए को शीर्षस्थानमा छ । नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।
टस हारेर ब्याटिङमा उत्रेको नामिबियाले ७.४ ओभरमा एक विकेटको क्षतिमा ६१ रन जोडेको थियो ।
