समाचारआइतबार, आषाढ २७, २०७२

एमाले कार्यालय ७ साउनदेखि धुम्बाराहीमा

हिमालखबर

umlaनेकपा एमालेले आगामी ७ साउनमा पार्टी केन्द्रीय कार्यालय कामपा, धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानमा सार्ने भएको छ ।

पार्टीले भूकम्पका कारण हाल बस्दै आएको मदननगर बल्खुको कार्यालय जोखिममा परेपछि प्रतिष्ठानको चारतले भवनमा नयाँ कार्यालय सार्न लागेको हो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका दिनमा पार्टी कार्यालय सार्न लागिएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

बल्खुको अहिलेको भवन सङ्कटमा रहेका कारण त्यहाँबाट हुने पत्रकार भेटघाटलगायत सम्पूर्ण कार्य परिसरभित्रको अर्को सानो भवन तथा त्रिपालमुनि कार्य हुँदै आएको छ । पाँच वर्षका लागि पार्टी उक्त स्थानमा सार्न लागिएको जनाइएको छ ।

केन्द्रीय सदस्य श्रेष्ठका अनुसार आगामी ९ साउनमा बस्ने पार्टीको पोलिटब्युरो तथा १० गते बस्ने केन्द्रीय समितिको बैठक नयाँ कार्यालयमा हुने छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>