समाचारसोमबार, आषाढ २८, २०७२
सभागृहको शिलान्यास गर्न शीर्ष नेताहरु झापामा
प्रधानमन्त्री सुशील कोइरालासहितका चार शीर्ष नेताहरु पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना हुन लागेको एउटा सभागृह शिलान्यास गर्न झापा पुगेका छन् ।
२८ असार दिँउसो प्रधानमन्त्री कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनअधिकार फोरम लोकतन्त्रिकका अध्यक्ष बिजय गच्छदारसहितका नेताहरु झापा पुगेका छन् ।
उनीहरुको साथमा उपप्रधानमन्त्री प्रकाशमान सिंह र कांग्रेस महामन्त्री कृष्ण सिटौला पनि झापा पुगेका छन् । भद्रपुर–१०, मा १६ करोडको सरकारी खर्चमा निर्माण हुने तीन तले सभागृहको प्रम कोइराला लगायतका नेताहरुले केही बेरपछि शिलान्यास गर्दैछन् ।
सबै नेतहरु बिहान साढे ११ बजे झापाको भदपुर बिमानस्थलमा अवतरण भएका हुन । सात कठ्ठा दुई धुर जमिनमा सभागृह र त्यसको परिसर तीन बर्षमा निर्माण भइसक्ने जिबिस झापाका सूचना अधिकृत प्रकाशचन्द्र चौधरीले बताए ।
झापा जिबिसमार्फत बन्ने भवन निर्माणस्थलबारे कांग्रेस बाहेकका दलका झापा जिल्ला नेतृत्वले आपत्ति जनाएपछि भवन शिलन्यास कार्य करिब डेढमहिना पछि हुन लागेको हो । सभागृह बनाउन जिविस झापा र दलहरुबीच केहिदिन अघि मात्र सहमति भएको थियो ।
गोपाल गडतौला, झापा
