समाचारशनिबार, कार्तिक २५, २०६९
विपक्षी दलहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै
२५ कार्तिक दिउँसो एमाले मुख्यालय बल्खमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।
वर्तमान सरकारको बहिर्गमन नभई मुलुकले संकटबाट निकास नपाउने विपक्षी नेताहरुको निष्कर्ष छ ।
आन्दोलनमा जनतालाई कम भन्दा कम दुख दिने र सरकारलाई बहिर्गमनका लागि बढी दवाब पुग्ने खालका कार्यक्रमहरु ल्याइने नेताहरुको भनाई छ ।
