समाचारसोमबार, आषाढ २८, २०७२

साउन मसान्तभित्र नयाँ संविधानः सभाध्यक्ष नेम्वाङ

हिमालखबर

Nemwang1संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आउँदो साउन मसान्तभित्र मुलुकले नयाँ संविधान पाउने बताएका छन् ।

संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामा नागरिक क्षेत्रका संस्था र प्रतिनिधिसँग आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेम्वाङले संविधान जारीका लागि घोषित कार्यतालिका नभएपनि साउन मसान्तभित्र आउने बताए ।

उनले मस्यौदामाथि जनताको राय÷सुझाव लिने क्रममा पनि त्यही सन्देश दिन सभासद्सँग आग्रह गरे ।

मस्यौदाको प्रक्रियामा फरक मत राखी संविधानसभाका बैठक बहिष्कार गर्दै आएका दललाई पनि सुझाव र परिमार्जनको प्रक्रियामा सहभागी हुन आग्रह गर्दै अध्यक्ष नेम्वाङले प्राप्त सुझाव एकीकृत गर्ने क्रममा ती दलका सुझावलाई पनि समेट्न कोसिस गरिने अवगत गराए ।

अध्यक्ष नेम्वाङले भने, “मस्यौदा जाने स्थिति हुनुले संविधान बन्ने आधार बनिसकेको छ, अब संविधान जारी हुनुको विकल्प छैन, गत संविधानसभामा अवसर गुमाउँदा हामी कहाँ पुग्यौं ।”

संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीले लोकतन्त्र भनेको जनताको सुझाव र सामथ्र्यलाई बलवान् मान्ने प्रणाली भएकाले मस्यौदा जनतामा सुझावका लागि पठाइएको उल्लेख गरे । उनले नेपाली जनताले विसं २००७ देखि संविधानसभाबाट संविधान जारीको चाहनालाई पूरा गर्ने अवसर आएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>