समाचारमंगलबार, आषाढ २९, २०७२
नेविसंघ अध्यक्ष कर्णमाथि आक्रमण
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष एवम् संविधानसभा सदस्य रञ्जित कर्णमाथि आक्रमण भएको छ ।
२९ असार बिहान हाँडीगाउँस्थित उनकै निवासमा दश/बाह्रजनाको हतियार बोकेको जत्थाले सभासद् कर्णमाथि आक्रमण तथा अभद्र व्यवहार गरेको हो । कर्ण सामान्य घाइते भएका छन् ।
कर्णका अनुसार खुकुरी र रड बोकेर आएका नेविसंघकै कार्यकर्ताले कर्णको शरीरमा कालोमोसो दलेका थिए । उनले भने, “खुकुरी र रडबाट भने बचें ।”
आक्रमण गर्नेहरुले आफूसँग रकम माग गरेको र नदिएपछि आक्रमण भएको कर्णको भनाई छ ।
नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले सभासद् कर्णमाथि भएको घटना जति निन्दा गरे पनि कम हुने भन्दै अपराधीको खोजी गरी आवश्यक दण्डको व्यवस्था गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।
