समाचारबुधबार, आषाढ ३०, २०७२

धर्म निरपेक्षता नराख्दा पनि हुन्छः ओली

हिमालखबर

kp-sharma-oli_20141228070830नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्म निरपेक्षताबारे संविधानमा उल्लेख नगर्दा पनि हुने बताएका छन् ।

एमाले निकट कानून व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा ओलीले धर्म निरपेक्षताको बुझाई गलत भएकाले यसलाई संविधानमा नराख्दा हुने बताए । उनले भने, “निरपेक्षता शब्दको अर्थ र अनुवाद गलत तरिकाले गरियो, जून शब्द संविधानमा उल्लेख आवश्यक थिएन ।”

एमालेका अध्यक्ष ओलीले सार्वजनिक रुपमा पहिलो पटक यस्तो धारणा राखेका हुन् । केही नेताहरुले व्यक्तिगत रुपमा धर्म निरपेक्षतामा असहमति जनाएपनि २०४७ पछि एमालेले धर्म निरपेक्षताको अडान लिदै आएको थियो ।

तत्कालीन पार्टी महासचिव मदन भण्डारीले २०४७ को संविधानमा पेश गरेको २७ बुँदे असहमतिको बुँदामार्फत एमालेले धर्म निरपेक्षताको माग गर्दै आएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>