समाचारबिहीबार, आषाढ ३१, २०७२

बन्दका कारण पूर्वको जनजीवन प्रभावित

हिमालखबर

लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले अरुण पूर्वका नै जिल्लामा आह्वान गरेको आम हडतालका कारण आज पूर्वको जनजीवन प्रभावित भएको छ ।

अरुण पूर्व नौ जिल्लालाई लिम्बुवान नामाङ्कन तथा सीमाङ्कन गर्न माग गर्दै लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले गरेको आम हडतालका कारण लामो दूरीका सवारीसाधन छिटफुट मात्र चलेका छन् भने छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।

त्यस्तै उद्योगधन्दा, कलकारखाना पनि सञ्चालनमा आउन सकेका छैनन् ।

उक्त पार्टीले शिक्षण संस्था र तिनका सवारीसाधनलाई निर्बाध सञ्चालन गर्न दिने जनाएको छ ।

प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बन्दका कारण झापामा अहिलेसम्म कुनै अप्रिय घटना नघटेको र उच्च सतर्कता अपनाएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>