रमझमबिहीबार, आषाढ ३१, २०७२
बर्फी पछिको भोला
सन् २०१२ मा प्रदर्शित भारतीय चलचित्र बर्फी मा नेपाली कलाकार भोलाराज सापकोटाले पनि अभिनय गरेका थिए।
प्रियंका चोपडा, रणवीर कपुर, सौरभ शुक्ला जस्ता प्रख्यात कलाकार र अनुराग वसु जस्ता मानिएका निर्देशकसँग काम गरेका भोलाले फिल्म रिलिज भएपछि बलिउडमै संघर्ष गर्लान् भन्ने सोचिएको थियो। तर, उनी स्वदेश फर्किए।
हालै मात्र ‘सिंहदरबारको टेन्डर’ नाटक मार्फत दुई वर्षपछि रंगमञ्चमा उक्लिएका सापकोटा आफ्नो बलिउड यात्रा नटुंगिएको बताउँछन्। उनी भन्छन्, “अर्को चलचित्रका लागि पनि कुरा हुँदैछ, चाँडै टुंगो लाग्ला जस्तो छ।”
थुप्रै अवार्ड जितेको बर्फी मा भोलाको अभिनय छोटो तर राम्रो मानिएको थियो।
