समाचारबिहीबार, आषाढ ३१, २०७२
नेपाली सेना ब्यारेक फर्कियो
महाभूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका लागि खटिएका नेपाली सेना ब्यारेक फर्किएको छ ।
१२ वैशाख र त्यसपछि पटक–पटक गएको बिनासकारी भूकम्पबाट प्रभावित जिल्लाहरुमा खटिएको सेना ३१ असारबाट ब्यारेक फर्किएको नेपाली सेनाले जनाएको छ । सर्वसाधरण नागरिकको उद्धार, राहत वितरण र पुनःस्थापनामा खटिएका सेना पुरातात्विक सम्पदा पुनःनिर्माणमा भने अझै खटिनेछ ।
भूकम्प प्रभावितहरुको जीवन सामान्य बन्दै गएकाले ब्यारेक फर्किएको सेनाले जनाएको छ ।
