समाचारशनिबार, कार्तिक २५, २०६९

भारतीय विधायक पक्राउको विरोधमा सीमा नाका ठप्प

हिमालखबर

हुस्सेन बिहार राज्यका विधायक हुन भने तिवारी जोगवनी नगरका पूर्व प्रमुख हुन् । उनीहरु दुवैलाई विराटनगरका उद्योगी तुलसीराम अग्रवालको अपहरण काण्डका प्रमुख नाइके भएको आरोपमा काकडभिट्टा प्रहरीले  स्थानीय एक होटलबाट पक्राउ गरेको हो । दुबै नेपाल प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए ।

१३ माघ २०५८ मा विराटनगरको रोडशेष चोक नजिकैबाट अग्रवालको अपहरण गरेका उनीहरुले अपहरणको ४१ दिन पश्चात् ठूलो फिरौती रकम लिइ छोडेका थिए । अपहरणका अर्का नाइके पप्पु देव भूमिहार अहिले काठमाडौँ कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

जोगवनीका उद्योगी, व्यापारी तथा स्थानीय बासिन्दाले ती व्यक्तिलाई प्रहरीले नछाडेसम्म नेपाल–भारत सीमा पूर्णरुपले बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।बन्दको कारण विराटनगर भन्सारको राजस्व सङ्कलन प्रभावित भएको छ भने नेपाल–भारत आवागमन गर्ने बस, ट्रक र जिप दुवै देशको सीमामा अलपत्र परेका छन् ।

दीपावली र छठ पर्वका लागि किनमेल गर्न जाने नेपालीहरु जोगवनी बजार नपुग्दै रानीबाट फर्किनु परेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>