समाचारशुक्रबार, साउन १, २०७२
दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटबार्ता
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटबार्ता गरेका छन् ।
पाँच दिने भारत भ्रमणमा रहेका दाहालले प्रधानमन्त्री मोदीसँग १ साउनमा भेटवार्ता गरेको उनको नीजि सचिवालयले जनाएको छ । भेटवार्तामा दाहालले १६ बुँदे राजनीतिक सहमतिपछि अघि बढेको संविधान निर्माण प्रक्रियाबारे जानकारी गराएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालमा नयाँ संविधान निर्माण कार्य अघि बढेकोमा खुशी व्यक्त गरेका थिए । उनले दाहाललाई अधिकतम सहमतिमा संविधान जारी गर्न सुझाव दिएका थिए ।
दाहालले ‘लिपुलेक’बारे पनि मोदीसँग छलफल गरेका थिए । भारतीय विदेशमन्त्री सुस्मा स्वराज र राजनीतिक दलका नेताहरुसँग दाहालले भेट गरिसकेका छन् । ३० असारदेखि दाहाल भारत भ्रमणमा छन् ।
