समाचारशनिबार, साउन २, २०७२

साउनमै संविधान: ओली

हिमालखबर

नेकपा एमाले अध्यक्ष केपी ओलीले साउन महिनाभित्रै नयाँ संविधान जारी भइसक्ने बताएका छन् ।

२ साउनमा आफ्नै निवास, बालकोटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले साउन महिनाभित्र संविधान आउने भन्दै अब संविधान आउँदैन भनेर शङ्का नगर्न आग्रह गरे ।

संविधान जारी भएपछि गठन हुने एमालेको सरकारले देशलाई शान्ति, विकास र प्रगतितर्फ अगाडि लैजाने उनको दाबी छ ।

९५ जना एमालेमा प्रवेश
डा इवामुरा अस्पताल भक्तपुरका निर्देशक डा उत्तमकृष्ण कर्माचार्यको नेतृत्वमा ५५ जनासहित ९५ जना आज नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुलाई टीका लगाउँदै अध्यक्ष ओलीले पार्टी प्रवेश गर्नेलाई योग्यता क्षमता हेरेर पार्टीले जिम्मेवारी दिने बताए ।

त्यस अवसरमा एमालेका सचिव प्रदीप ज्ञवालीले भक्तपुरलाई विकास गर्न एमालेले अग्रसरता देखाउने उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>