समाचारशनिबार, साउन २, २०७२
जर्सीद्वारा नेपाल ७ विकेटले पराजित
आयरल्याण्डमा जारी ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपाल जर्सीसँग ७ विकेटले पराजित भएको छ ।
१०६ रनको लक्ष्य पाएको जर्सीले २३ बल बाँकी छँदा ३ विकेटको क्षतिमा १०७ रन बनायोे ।
यो सँगै नेपाल सन् २०१६ मा भारतमा हुने आइसीसी ट्वेन्टी ट्वेन्टी विश्वकपको छनोट चरणबाटै बाहिरिएको छ ।
—————————————————————————————-
नेपालद्वारा जर्सीलाई १०६ रनको लक्ष

आयरल्याण्डमा जारी आइसीसी ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट क्रिकेटमा नेपालले जर्सीलाई १०६ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनायो ।
यसअघिका खेलजस्तै लयमा नदेखिएको नेपालले यो खेलको मैदानमा पहिलो पटक उत्रिएका सिद्धान्त लोहनीको १६ बलमा १ चौका र दुई छक्का सहित २७ रनको मद्दतमा १०५ पुर्याउन सक्यो ।
नेपालकातर्फबाट लोहनीले १६ बलमा २७ रन, ज्ञानेन्द्र मल्लले ३३ बलमा २६ रन, शरद भेषवाकरले २० बलमा १६ रन र पारस खड्काले १० बलमा ११ रन बनाए ।
त्यसैगरी वसन्त रेग्मीले ७, विनोद भण्डारीले ३, प्रदीप ऐरीले २, राजेश पुलामीले ४ रन बनाए भने सोमपाल कामी ३ रन बनाउँदै नटआउट रहे ।
