समाचारआइतबार, साउन ३, २०७२
४ र ५ गते पनि राहदानी वितरण हुने
राहदानी विभागले बिदाका दिन (४ र ५ साउन) मा पनि राहदानी वितरण गर्ने भएको छ ।
एकै पटक लामो समय बिदा परेपछि विदेश जानेहरुलाई अप्ठ्यारो पर्न सक्ने भन्दै विभागले बिदाका दिन पनि राहदानी वितरण गर्ने निर्णय गरेको हो ।
विभागले ३ असारमा एक सूचना जारी गरी सोमबार र मङ्गलबार बिहान ८ देखि ११ बजेसम्म राहदानी वितरण गर्ने जनाएको छ ।
राहदानी लिन निवेदकले आफ्नो सक्कल नागरिकता, पुरानो राहदानी भए सोसमेत, बैंक रसिदलगायत कागजात लिई स्वयम् उपस्थित हुन सम्बन्धित सबैमा विभागले अनुरोध गरेको छ ।
रासस
