समाचारआइतबार, साउन ३, २०७२

‘धर्म परिवर्तन सम्बन्धी प्रावधान संविधानबाट हटाइन्छ’

हिमालखबर

kp-sharma-oli_20141228070830नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्म परिवर्तन सम्बन्धीको प्रावधानलाई संविधानको प्रारम्भिक मस्यौदाबाट हटाइने बताएका छन् ।

गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले भने, “बहुधार्मिक तथा बहुसाँस्कृतिक मुलुकमा धार्मिक स्वतन्त्रता हुने हुन्छ । संविधान जारी गर्नु अघि नै धर्म परिवर्तन गर्न पाइने प्रावधान हट्छ ।” उनले निरपेक्षता शब्दलाई गलत ‘ट्रान्सलेट’ गरिएको बताए ।

उनले दलहरुबीच सहमति जुटेमा दुई घण्टाभित्र सीमाकंनको कार्य सकिने बताए । ओलीले भने, “दलीय सहमति जुट्ने संभावना नदेखिएकाले सीमाकंनबिना नै संविधान जारी हुनसक्छ ।” मस्यौदामाथि जनताको सुझाव लिन झापा पुगेका ओलीले झापा, मोरङ, सुनसरी तथा कैलाली र कञ्चनपुरबारे कुनै विवाद नरहेको बताए ।

जनमुखी र लाेकतान्त्रिक संविधान
पार्टी अध्यक्ष ओली भन्दा समयअघि झापा पुगेका बरिष्ठ नेता झलनाथ खनालले मस्यौदा संविधान जनमुखी र लोकतान्त्रिक भएको बताए ।

प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको साक्षात्कारमा खनालले अव कुनै बाधा र अवरोधले संविधान निर्माण कार्य नरोकिने बताए । “संविधान बन्न नदिने प्रयत्न भइरहेको छ, तर सबै राजनीतिक दल र जनता एकताबद्ध छन् अब संविधान आयो आयो”, खनालले भने ।

१६ बुँदे सहमतिले संविधान निर्माणको अन्योल हटाएको उनले बताए ।

-गोपाल गड्तौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>