समाचारसोमबार, साउन ४, २०७२
अर्थमन्त्री रामशरण महतमाथि आक्रमणको प्रयास
जनताको सुझाव संकलनका लागि नुवाकोट जाँदै गर्दा अर्थमन्त्री रामशरण महतमाथि आक्रमणको प्रयास भएको छ ।
क्षेत्र नम्बर २ को खैरेनीटार जाने क्रममा अर्थमन्त्री महतमाथि आक्रमणको प्रयास भएको थियो । उनलाई लक्षित गरी सुतली बम प्रहार गरिएको आशंका गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले भने आक्रमणका प्रयास भएपनि कुनै अप्रिय घटना नभएको बताए । उनले अहिले सुझाव संकलन कार्य शुरु भइसकेको जानकारी दिए ।
