समाचारसोमबार, साउन ४, २०७२

जनताको सुझावः प्रत्यक्ष निर्वाचित वडाध्यक्ष

हिमालखबर

unnamed

तस्वीरः देबकी विष्ट

नयाँ संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिदै काभ्रेसका स्थानीयले वडा अध्यक्ष पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने माग राखेका छन् ।

मस्यौदामाथि भएको छलफलमा भाग लिँदै उनीहरुले स्थानीय निकायलाई जनप्रतिनिधिविहीन हुन नदिने संयन्त्रको विकास गरी नयाँ संविधानमा उल्लेख गर्नुपर्ने सुझाव दिए ।

धुलिखेलका बुद्धिसागर श्रेष्ठले वडाध्यक्षसमेत प्रत्यक्ष निर्वाचित हुनुपर्ने सुझाव दिए । उनले भने, “लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीनको अवस्थामा रहँदा त्यसले विकास निर्माणका काम प्रभावकारी हुन सकेन ।”

अर्का सहभागी श्याम परियारले अघिल्लो संविधानसभाले स्वीकार गरेका दलित समुदायका विषयलाई हुबहु ल्याउनुपर्ने बताए ।

काभ्रेपलाञ्चोकका कपिणमणि हुमागाईंले बौद्धिक अपाङ्गताका लागि आयोग गठनमा जोड दिँदै गाउँपालिका र नगरपालिकामा अपाङ्गको सहभागिता आवश्यक भएको सुझाव दिए ।

कासीखण्ड नगरपालिकाका सञ्जीव ढकालले बलात्कारी, भ्रष्टाचारी र अपहरणकारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>