समाचारसोमबार, साउन ४, २०७२
सुझावः सीमाकंनसहितको संविधान जारी हुनुपर्छ
बीरगञ्जमा आयोजित सुझाव संकलन कार्यक्रमका सहभागीहरुले प्रदेशको सीमाकंन गरेर नयाँ संविधान जारी गर्न सुझाव दिएका छन् ।
ठाकुरराम बहुमुखी क्याम्पसका प्रा.डा. हरेराम ठाकुरले सीमाकंन र नामाकंनसहितको संविधानले अन्यौलता हटाउने बताए । उनले भने, “बहुसंख्यक नेपालहरुको चाहना पनि सीमाकंनसहितको प्रदेश भन्ने देखिन्छ ।” कार्यक्रमका सहभागीहरुले सीमाकंनसहितको प्रदेश निर्माणले नागरिकहरुमा उत्पन्न आशंका पनि मेटिने बताए ।
अधिकांश सुझाव हकअधिकारबारे आएको छ । सहभागीहरुले मधेशी, दलित, जनजाति, महिला र अल्पङ्ख्यकलगायतका वर्ग एवम् समुदायको हकहित नयाँ संविधानमा आउनेपर्ने बताए ।
