समाचारसोमबार, साउन ४, २०७२
माधव नेपालमाथि आक्रमण गर्नेलाई कार्बाहीको माग
नेकपा एमालेले पार्टीको बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि आक्रमण गर्नेलाई कार्बाहीको माग गरेको छ ।
सचिव प्रदिप ज्ञवालीले विज्ञप्ती जारी गर्दै सुझाव संकलनका क्रममा रौतहट पुगेका नेपालमाथि भएको आक्रमणको निन्दा गरिएको छ । आक्रमणमा परी शिवशंकर यादव, मनोज यादव, वैजनाथ यादव, विनोद पटेल, पारस हुसेन, निरज सिंह र किशोर पटेल घाइते भएको एमालेले जनाएको छ ।
