समाचारसोमबार, साउन ४, २०७२

परराष्ट्रमन्त्री भन्छन्, ‘दाहालको भारत भ्रमण कुटनीतिक मर्यादा विपरीत’

हिमालखबर

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पूर्वप्रधानमन्त्री एवम् एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले कूटनीतिक मर्यादा विपरीत भारतको भ्रमण गरेको बताएका छन् ।

विदुरमा प्रेस चौतारीले गरेको पत्रकार भेटघाटमा मन्त्री पाण्डेले भने, “देशको उच्च पदमा पुगिसकेको व्यक्ति, देशलाई नीतिगत रुपमा प्रभाव पार्न सक्ने व्यक्तिले विदेश भ्रमण गर्दा परराष्ट्रको कूटनीतिक मर्यादा पालना गर्नुपर्छ ।”

दाहालको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नभएको मन्त्री पाण्डेले बताए । उनले साउन महिनाभित्र नयाँ संविधान जारी हुने विश्वास पनि व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>