समाचारसोमबार, साउन ४, २०७२
केन्द्रमा विरोध, जिल्लामा सुझाव
राप्रपा नेपालको केन्द्रीय कार्य समितिले सुझाव संकलन कार्यमा सहभागिता नजनाएपनि जिल्ला नेतृत्वले भने सुझाव दिएका छन् ।
जाजरकोट राप्रपा नेपालका अध्यक्ष शोभा शाहीले संविधानको मस्यौदामा पार्टीको धारणा राखिन् । उनले पार्टी नीति अनुसार नै नयाँ संविधान निर्माणमा सुझाव दिइन् ।
सुझाव संकलनका लागि आएका सभासदहरुको टोलीलाई उनले भनिन्, “संवैधानिक राजतन्त्रसहित प्रजातन्त्र र हिन्दू राज्य कायम हुनुपर्छ ।” उक्त पार्टीका पूर्वअध्यक्ष दीपक खनालले पनि राप्रपा नेपालले उठाउँदै आएको माग मस्यौदामा समेट्न माग गरे ।
राप्रपा नेपाल केन्द्रीय कार्यसमितिका नेताहरुले भने सुझाव संकलनमा अवरोध जनाउँदै आएका छन् ।
