समाचारसोमबार, साउन ४, २०७२
कार्यकर्ताबीचको झडपले सुझाव संकलन स्थगित
सत्तारुढ दल नेपाली कांग्रेस र मधेश केन्द्रीत दलका कार्यकर्ताबीच झडप भएपछि बारा क्षेत्र नम्बर ३ को सुझाव संकलन कार्य रोकिएको छ ।
झडपमा परी नेपाली कांग्रेसका फुलमहम्मद मंसुर र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामबाबु यादवको टाउको फुटेको छ । फोरमका कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेपछि अवस्था तनावपूर्ण बनेको थियो ।
झडप भएपछि सभासद फरमुल्लाह मन्सुरले सुझाव संकलनको औपचारिक कार्यक्रम स्थगित गरे । उनले भने, “सुझाव संकलनमा अवरोधले मधेशी जनताका लागि दूर्भाग्यपूर्ण अवस्था ल्यायो ।”
औपचारिक कार्यक्रम रोकिएपनि नागरिक समाज र सर्वसाधरणले सभासदलाई भेटेर सुझाव दिएका छन् । क्षेत्र नम्बर १ र २ मा भने सुझाव संकलन कार्य सकिएको छ । सुझाव दिन नागरिकको उत्साहपूर्ण उपस्थिति थियो ।
-सुरेश बिडारी, वीरगञ्ज
