समाचारसोमबार, साउन ४, २०७२
सुझाव संकलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप
पर्साको चार वटा निर्वाचन क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
क्षेत्र नम्बर १, २, ४ र ५ को राय सुझाव सङ्कलन केन्द्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि रायसुझाव सङ्कलन अवरुद्ध भएको प्रजिअ केशवराज घिमिरेले बताए ।
निर्वाचन क्षेत्र नम्बर ४ र ५ को राय सुझाव सङ्कलन अवरुद्ध रहेको तथा कडा सुरक्षाबीच क्षेत्र १, २ र ३ मा राय सुझाव सङ्कलन भइरहेको छ ।
झडपका कारण जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक यादव घर्ती मगर घाइते भएको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । झडपका क्रममा प्रहरीले बल प्रयोग गर्दा दशभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।
प्रहरीले गरेको लाठीचार्जको विरोधमा वीरगन्ज बजार बन्द गरिएको छ । विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताको जुलुसले नगरक्षेत्रमा रहेका पसल बन्द गराउँदै ठाउँ ठाउँमा जुलुस प्रदर्शन गरेका छन् । रासस
