समाचारसोमबार, साउन ४, २०७२
प्रधानमन्त्रीलाई कालो झण्डा देखाइयो
सुझाव संकलन गर्न बाँके पुगेका प्रधानमन्त्री सुशील कोइरालालाई राप्रपा नेपालका कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् ।
क्षेत्र नम्बर ३ बाट सुझाव संकलन २ नम्बर जाने क्रममा राप्रपा नेपालका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । यस्तै, क्षेत्र नम्बर १ को कोहलपुरमा भएको कार्यक्रममा पनि राप्रपा नेपालका कार्यकर्ताहरुले संविधानको मस्यौदा जलाएर विरोध जनाएका छन् ।
मस्यौदा जलाउने क्रममा केहीबेर प्रहरी र राप्रपा कार्यकर्ता बीचमा तनाव उत्पन्न भएको थियो । राप्रपा नेपालले हिन्दु राष्ट्र घोषणाको माग गर्दै विरोध जनाएको हो ।
-केशव राना, बाँके
