समाचारसोमबार, साउन ४, २०७२

‘जनतासँग सिँगौरी खेल्नेको आफैं दुर्गति हुन्छ’

हिमालखबर

Krishna_Prasad_Sitaulaनेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले जनतासँग सिँगौरी खेल्न खोज्नेको दुर्गति हुने बताएका छन् ।

सुझाव संकलनका लागि आ–आफ्नो निर्वाचन क्षेत्र पुगेका शीर्ष नेताहरुमाथि आक्रमण गर्ने र संविधान निर्माण प्रक्रिया रोक्न खोज्नेहरुको दुर्गति भएर जाने प्रतिक्रिया दिए । उनले भने, “जनताको भावना विपरीत हिड्नेहरुको राजनीतिक इतिहासमा सँधै दुर्गति भएको छ ।”

उनले संविधान निर्माण कार्य केही दलहरुको अवरोधले नरोकिने बताए । उनले चाँडै मुलुकले लोकतान्त्रिक संविधान पाउने बताए ।

सिटौलाले भने, “जनताको मुक्ति र राष्ट्रको उन्नतिको बाधक बन्न खोज्दा तत्कालीन राजाको बन्दूक र सत्ता दुवै खोसियो, यसबाट अरुले सिक्नुपर्छ ।” सुझाव संकलन गर्न झापा क्षेत्र नम्बर ३ पुगेका सिटौलाको कार्यक्रममा मधेशी केन्द्रीत दल, लिम्बुवान र राप्रपा नेपालका कार्यकर्ताले अवरोध सृजना गरेपछि झडप भएको थियो ।

सुझाव संकलनका क्रममा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई नेपालगञ्जमा कालो झण्डा देखाइयो भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापामा र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहभागी सुझाव संकलन कार्यक्रममा आक्रमण र अवरोधको प्रयास गरिएको थियो । यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि आक्रमणको प्रयास भएको छ भने उनले चढेको गाडी तोडफोड गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>