समाचारमंगलबार, साउन ५, २०७२

एक महीनाभित्र संविधानः खनाल

हिमालखबर

JN_khanalनेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले एक महीनाभित्र संविधान जारी गरेरै छाड्ने बताएका छन् ।

सुझाव संकलन कार्यमा उत्साहप्रद सहभागिताले संविधान निर्माणको गतिलाई कसैको आदेशले पनि रोक्न नसक्ने देखिएको खनालले बताए । उनले भने, “सुझावलाई संविधानसभामा पु¥याएर त्यसको विश्लेषण गर्दै मस्यौदालाई अन्तिम रुप दिइनेछ ।”

सुझाव संकलनका लागि इलाम पुगेका खनालले देशको भलो नचाहने एक÷दुई शक्तिको तागतले संविधान निर्माण प्रक्रिया नरोकिने बताए । उनले भने, “१६ बुँदेले लिएको संविधान निर्माण गति अव रोकिदैन ।”

उनले विगतमा बनेका संविधानले मुलुकलाई स्थायित्व दिन नसकेकाले दिगो र स्थायी संविधान बन्नेमा ढुक्क रहन आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>