समाचारमंगलबार, साउन ५, २०७२
प्रदर्शनकारी निकालेर मन्त्री थापाको कार्यक्रम शुरु
आपुर्तिमन्त्री सुनिल थापाको कार्यक्रम बिथोल्न खोज्ने प्रदर्शनकारीलाई बाहिर निकालेर धनकुटामा सुझाव संकलन कार्य शुरु भएको छ ।
धनकुटा क्षेत्र नम्बर एकमा सुझाव संकलनका लागि आयोजित कार्यक्रममा सुझाव दिए लगत्तै कुर्सी तोडफोड गर्न थालेपछि संघीय लिम्बुवान परिषदका कार्यकर्ताहरुलाई बाहिर निकालेर कार्यक्रम अघि बढाइएको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए ।
उनका अनुसार सुझाव दिन बोल्न थालेका परिषद्का कार्यकर्ता कुर्सी तोडफोड गर्न थालेपछि प्रहरीले बाहिर निकालेका थिए । बल प्रयोग गरी निकाल्ने क्रममा परिषदका दुई जना कार्यकर्ता घाइते भएका छन् ।
धनकुटा क्षेत्र नम्बर २ को सुझाव संकलन कार्य ४ साउनमा सकिएको छ ।
