समाचारमंगलबार, साउन ५, २०७२
झडपका घटनाप्रति मानवअधिकार आयोगको ध्यानाकर्षण
नयाँ संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलन गर्ने क्रममा भएको झडपको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण जनाएको छ ।
आयोगले विज्ञप्ती जारी गरी झडपका घटनाले जनताको सुझाव दिने अधिकार कुण्ठित भएको जनाएको छ । यस्तै, सरकारले संयमता अपनाउनुको साटो बल प्रयोग गरेको प्रति पनिा आपत्ति जनाएको छ ।
आयोगले जनतालाई स्वतन्त्र बातावरणमा सुझाव दिने बातावरण तय गर्न आग्रह समेत गरेको छ ।
