समाचारमंगलबार, साउन ५, २०७२

जनताको सुझाव अधिकतम समेटिन्छः रावल

हिमालखबर

11749526_857148587674001_1848672831_nनेकपा एमालेका उपाध्यक्ष भीम रावलले नयाँ संविधानको प्रारम्भिक मस्यौदामा जनताको अधिकतम सुझाव समेटिने बताएका छन् ।

सुझाव संकलन गर्न अछाम क्षेत्र नम्बर १ पुगेका रावलले जनताले दिएको सुझाव अध्ययन गरी मस्यौदा संशोधन गरिने बताए । उनले भने, “जनताको तर्फबाट राजनीतिक स्थीरता र आर्थिक सम्पन्नताको पक्षमा सुझाव आएको छ ।”

उनले जनचाहना अनुसारको संविधान बन्ने बताए । प्रेस चौतारी नेपाल अछामले गरेको पत्रकार सम्मेलनमा रावलले भने, “संविधान समय अनुसार काटछाट गर्न सकिने भएकाले अहिले सवै सुझाव नसमेटिनसक्ने हुनसक्छ ।”

रावल सुझाव संकलन पश्चात ६ साउनमा काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>