समाचारमंगलबार, साउन ५, २०७२
सुझाव संकलन औपचारिकता मात्रै होइनः प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले सुझाव संकलन कार्य औपचारिक मात्रै नभएको बताएका छन् ।
दाङमा आयोजित सुझाव संकलन कार्यक्रममा प्रधानमन्त्री कोइरालाले भने, “जनताको सुझाव मस्यौदामा समेटिन्छ ।” उनले अव संविधान निर्माण कार्य कसैको अवरोधले नरोकिने बताए ।
प्रधानमन्त्री कोइरालाले भने, “दोस्रो संविधानसभामा भाग नलिएका राजनीतिक पार्टी एवम् सबै विचार बोक्ने पार्टीको भावना समेटेर नयाँ संविधान जारी हुनेछ ।”
संविधानसभा नयाँ संविधान निर्माण प्रक्रियाको अन्तिम चरणमा पुगिसकेको बताए ।
-देविका घर्तीमगर, दाङ
