समाचारआइतबार, कार्तिक २६, २०६९

बजेट सहमतिमै ल्याउन पूर्व अर्थमन्त्रीहरूको सुझाव

हिमालखबर

२६ कार्तिक बिहान एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पूर्वअर्थमन्त्रीहरू र अर्थविद्हरूसँग छलफल गरेका थिए । छलफलका क्रममा दाहालले बजेट ल्याउने सरकारको प्रयासमा अवरोध सिर्जना नगर्न भन्दै सकेसम्म सहमतिबाटै बजेट ल्याउने प्रयासमा आफूहरू लागिरहेको पनि बताएका थिए ।

छलफलपछि पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिलेको अवस्थामा राजनीतिक सहमति गरेर मात्रै बजेट ल्याउने आफूहरूले सुझाव राखेको जानकारी दिए । त्यस्तै पूर्व अर्थमन्त्री डा. रामशरण महतले अध्यक्ष दाहालले सकेसम्म सहमति गरेर मात्रै बजेट ल्याउने पक्षमा देखिएको बताए । महतले आफूले पनि सहमतिकै आधार बजेट ल्याउने पहल गर्न दाहाललाई सुझाव दिएको बताए ।

छलफलमा सहभागी अर्थमन्त्री वर्षमान पुनले अन्तिम अवस्थामा दलहरूबीच बजेटसँगै राजनीतिक सहमति पनि हुने विश्वास व्यक्त गरे । उनले दलहरूबीच सहमतिको वातावरण बनेको पनि दाबी गरे ।

अध्यक्ष दाहाल र पूर्वअर्थमन्त्रीहरूबीचको छलफलमा प्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय योजना आयोग उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, पूर्व गभर्नर तिलक रावलको पनि उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>